Techie IT
आईतबार, वैशाख ७,२०८२

अत्यावश्यक काम बाहेक विदेश नजान सरकारको आग्रह


काठमाडौँ, १५ मंसिर । सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आग्रह गरेको छ ।

कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई ध्यानमा राखेर सरकारले यस्तो आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।

हालसम्म नेपालमा ओमिक्रोन नेपाल आइनसकेको जनाउँदै सचेत रहन विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ मन्त्रालयको विज्ञप्तिः


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओमिक्रोन भेरियन्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545