Techie IT
सोमबार, वैशाख ८,२०८२

भ्रष्टाचार विरुद्धको गीत पुरस्कार  संगीतकार नविन पौडेललाई प्रदान गरिने 


२०७८ मङ्सिर १३, काठमाडौं ।
अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एक हजार डलर राशिको भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिताको नतिजा प्रकाशित गर्दै उत्कृष्ट शब्दको लागि चर्चित संगीतकार नवीन पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय हेम सरिता पाठक फाउन्डेसन नेपालका संयोजक राधेश्याम लेकालीले प्रेसित गर्नु भएको पत्रमा उल्लेख गरिएको छ ।

अमेरिकाको टेक्सासमा स्थापित हेम -सरिता पाठक प्रतिष्ठानले सो पुरस्कारको स्थापना गरेको हो ।

यसअगि पनि एक हजार डलरको भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिताू र  दुई हजार अमेरिकी डलर राशिको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार  २०७७ घोषणा भइसकेका छन् ।

प्रतिष्ठानले सङ्गीतका अलावा पत्रकारिता र साहित्यमा पुरस्कारहरु प्रदान गर्दै आएको छ । यस्तै नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउदै आएको छ । यसैगरी  प्रतिष्ठानले झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ ।

तीनवटै पुरस्कारहरु निकट भविष्य मै काठमाडौंमा एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी प्रतिष्ठानले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता, #हेम -सरिता पाठक प्रतिष्ठान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545