Techie IT
सोमबार, वैशाख ८,२०८२

एमाले पहिलेभन्दा मजबुत होस्ः महन्थ ठाकुर


चितवन, १० मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमाले पहिलेभन्दा थप बलियो बनोस् भन्ने शुभकामना दिएका छन् ।

चितवनमा शुक्रबार एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले एमाले आकाश जस्तै उचाइमा पुगोस् भन्ने शुभकामना दिए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिन आफू आएको बताए । ’किनकि उहाँले हाम्रा नेताहरुलाई जुन सद्भाव देखाउनुभएको छ। त्यसप्रति अनुग्रहित छु’, उनले भने ।

’एकदिन मानव सांग्लोको रुपमा पूर्वदेखि पश्चिमसम्म संशोधनको माग गरेका थिए । केही संशोधन भएको छ। उहाँले फेरि सद्भाव देखाउनुभयो। उहाँले कार्यदल बनाउनुभयो। तर, त्यसले पूरा काम गर्न पाएन। मुद्दा पनि फिर्ता लिनुभयो ।’


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एमालेको दशौँ राष्ट्रिय महाधिवेशन, #महन्थ ठाकुर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545