Techie IT
आईतबार, वैशाख ७,२०८२

एमालेका लागि होइन देशका लागि बहुमत ल्याउनुछः अध्यक्ष ओली


काठमाडौँ, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेका लागि नभएर देश र जनताका लागि बहुमत ल्याउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार चितवनमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

’निकट भविष्यमा प्रदेश संघीय चुनाव आउँदै छ । आम नेपाली दाजुभाइ दिदीबहिनीलाई भन्न चाहन्छु– चुनावको तयारीमा जाने छौं । जनमतबाट बहमुत ल्याउनु छ । यो देशका लागि हो । एमालेका लागि होइन’, उनले भने ।

’छिट्टै देशलाई अल्पविकासशीलबाट विकासशीलस्तरमा उठाएका छौं। दिगो विकास लक्ष्य नौ वर्षभित्रै हासिल गर्नु छ । यसका लागि एमालेको बहुमत आवश्यक छ’, ओलीले भने ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545