छक्का पञ्जा ३ को ट्रेलर सार्वजनिक(ट्रेलर)

काठमाडाैं ।
वर्षकै बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को ट्रेलर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरिएको छ । शनिबार बिहान साढे ८ बजे ज्योतिषले दिएको समय अनुसार फिल्मको ट्रेलर राजधानीको क्यूज हलमा पत्रकारलाई देखाएपछि युट्युबमार्फत् वल्ड वाइड रिलिज गरिएको हो ।
ट्रेलरमा कमेडीलाई भन्दा सामाजिक मुद्धालाई बढी स्थान दिइएको छ । जातिय विभेद, विद्यालयमा हुने राजनीति र अशिक्षित युवाहरुको कथा फिल्मले बोल्ने ट्रेलरबाट अनुमान गर्न सकिन्छ । दीपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ ट्रेलरमा हाबी छन् ।
दुई गीत र पोस्टरमा प्रदर्शन मिति नराखेपनि निर्माण टिमले ट्रेलरमा फिल्म घटस्थापनाबाट देशैभर प्रदर्शनमा आउने उल्लेख गरेको छ । अब योसँगै एकसाथ प्रदर्शनमा आउने भनिएको फिल्म ‘जय भोले’ फूलपातीमा आउने ट्रेलर रिलिज कार्यक्रममा कलाकार तथा निर्माता दीपकराजले बताए ।
आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्ममा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय छ ।
प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् । ‘छक्का पञ्जा ३’ को कथा दीपक आफैंले लेखेका हुन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #छक्का पञ्जा ३
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्