यसरी सक्रिय हुँदैछन् उद्योगी कांग्रेसका राजनीतिमा

उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जित हासिल गरेर चर्चामा आउनुभएका युवा उद्यमी राजन गौतम यतिबेला कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ । सङ्घका पूर्वअध्यक्ष उहाँले सो निर्वाचनमा कल्पना नै नगरिने गरी जित आफ्नो पक्षमा पार्नुभएको थियो । कांग्रेस चितवनको यही मङ्सिर १० गते हुने निर्वाचनमा उहाँ उपसभापति पदको उम्मेदवार हुनुहुन्छ । सङ्घ खैरहनीका पूर्वअध्यक्ष गुणराज श्रेष्ठ कांग्रेस खैरहनी नगर सभापतिमा निर्वाचित हुनुभएको छ ।
सङ्घ रत्ननगरका पूर्वअध्यक्ष केशवनारायण श्रेष्ठ कांग्रेस रत्ननगर वडा नं २ का सभापतिमा निर्वाचित हुनुभएको छ । राजनीति गर्ने यसलाई ‘पेशा’ बनाएको आरोप लागिरहेका बेला उद्योगी व्यवसायी राजनीतिमा आउँदा सकारात्मक हुने दाबी गरिएको छ । जीवनभर राजनीति गरेकालाई पाखा लगाउँदै व्यवसायी राजनीतिमा आउन हुँदैन भन्नेतर्क अघि सार्ने पनि कम छैनन् । यसो त अग्रणी व्यवसायी उमेश श्रेष्ठ पछिल्लो समय राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँको राजनीतिक क्षेत्र चितवन हो । क्षेत्रीय होटल सङ्घ सौराहाका तीन पूर्वअध्यक्ष अहिले कांग्रेसको आसन्न महाधिवेशनमा जिल्ला, प्रदेश र संघमा उम्मेदवारी दिँदै हुनुहुन्छ । सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेका अनुसार हरिभक्त घिमिरे महाधिवेशन प्रतिनिधि, नारायण भट्टराई प्रदेश प्रतिनिधि र ज्ञानेन्द्रकुमार विष्ट जिल्ला सदस्यमा उम्मेदवारी दिँदै हुनुहुन्छ ।
सङ्घका वरिष्ठ उपाध्यक्ष रामहरि खनाल महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै हुनुहुन्छ । होटल व्यवसायी वासुदेव ढुङ्गाना र शेरबहादुर परियार महाधिवेशन प्रतिनिधिमा र रामकुमार अर्याल प्रदेशमा उम्मेदवारी दिँदै हुनुहुन्छ । रेष्टुराँ एण्ड बार एशोसिएशन सौराहाका पूर्वअध्यक्ष राजन भट्ट प्रदेश प्रतिनिधिमा उम्मेदारी दिने तयारीमा हुनुहुन्छ । उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष एवं उद्योग सङ्घ चितवनका पूर्वअध्यक्ष भेषराज दुवाडी महाधिवेशन प्रतिनिधि निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष उत्तमलाल चुके प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिँदै हुनुहुन्छ । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ जिल्लाका दुई हजार ९०० हाराहारी प्रतिनिधिमा आधा ५० वर्षभन्दामुनिका रहेको बताउनुहुन्छ । प्रतिनिधि युवा, व्यवसायी, बुद्धिजीवी, पेशाकर्मीलगायतका छन् ।
यो निर्वाचनमा उद्योग व्यवसाय क्षेत्रबाट धेरैको प्रतिनिधित्व हुने देखिएको उहाँको भनाइ छ । कांग्रेस चितवनका कोषाध्यक्ष शङ्करप्रसाद कँडेल व्यावसायिक पृष्ठभूमिको हुनुहुन्छ । उहाँ अबका निर्वाचनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवार मात्रै रहेर स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्ने तयारीमा लाग्नुभएको छ । जिल्ला सभापति श्रेष्ठ उद्योगी व्यावसायिक क्षेत्रमा नेतृत्व गरेका दुवाडी, चुके, गौतम, श्रेष्ठ, दीर्घमान लगायतका व्यक्ति कांग्रेसका राजनीतिमा सक्रिय भएको बताउनुहुन्छ । चितवन च्याम्बर अफ कमर्सका अध्यक्षसमेत रहनुभएका कांग्रेस केन्द्रको उद्योग व्यापार विभागका सचिव दीर्घमान श्रेष्ठ उद्योग व्यवसायमा राम्रो सफलता हासिल गरेका व्यक्ति सक्रिय राजनीतिमा आउनु सकारात्मक भएको बताउनुहुन्छ । सङ्घका पूर्व जिल्ला अध्यक्ष चुके व्यावसायिक पृष्ठभूमिका व्यक्ति राजनीतिमा आउँदा व्यवसायीका नीतिगत समस्या बुझ्ने र समाधान हुने बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “व्यावसायिक व्यक्ति राजनीतिमा आउँदा राजनीतिमा भ्रष्टाचार कम हुन्छ ।”
सङ्घका पूर्वअध्यक्ष गौतम व्यावसायिक व्यक्ति राजनीतिमा आउँदा पार्टीका नेता कार्यकर्तालाई राजनीतिसँगै व्यापार व्यवसायमा जोड्ने हुँदा समग्र राष्ट्रका लागि नै हित हुने बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “सधैँ चन्दा मागेर पार्टी चल्नुभएन, नेता आउँदा नोट माग्छ कि भोट माग्छ भन्ने हुनु भएन ।” पार्टीलाई आर्थिकरुपमा सवल र दह्रो बनाउँदै पार्टीका लागि जीवन र जोवन खर्चिका योद्धाको सम्मानका लागि आफूले उम्मेदवारी दिन लागेको उहाँ बताउनुहुन्छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #राजनीति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्