Techie IT
सोमबार, वैशाख ८,२०८२

राष्ट्रिय अभियान सफल बनाउन आग्रह


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बहुआयामिक महत्वको राष्ट्रिय जनगणनालाईसावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

उहाँले जारी गर्नुभएको सन्देशमा जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई प्रभाव पार्ने हुँदा यस अभियानमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।

आगामी दिन मुलुकको विकास तथा निर्माण प्रक्रियामा आवश्यक योजना तय गर्न यसले एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्ने भएकाले संविधानको मर्म र भावना व्यवस्थित गर्नका लागि अभियानलाई सफल पार्नुपर्नेमा जोड दिइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #अध्यक्ष माधवकुमार नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545