Techie IT
सोमबार, वैशाख ८,२०८२

बर्दिवास साहित्यले गर्यो पुस्तक विमोचन


– जीवनराज दाहाल (बर्दिवास)

मिति २०७८ साल कार्तिक ६ गते शनिबारका दिन बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको २८ औँ शृङ्खला तथा वीरलाल गोलेद्वारा लिखित ‘मेरो जीवन:मेरो ज्ञान’ नामक पुस्तक विमोचन आदरणीय व्यक्तित्व तुलसी प्रसाद ढुंगानाको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल) को अध्यक्षतामा सम्पन्न भएको छ ।
प्रतिष्ठानका कार्य समिति सदस्य एवम् प्रवक्ता उज्ज्वल भट्टराईको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तित्वहरुलाई प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शीले स्वागत तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त शृङ्खला तथा विमोचन कार्यक्रममा शुभकामना दिने व्यक्तित्वहरुमा ‘बलेसी साहित्य समाज’ महोत्तरी, सचिव सानीमाया पुलामी, प्रलेस महोत्तरी सचिव रमा शर्मा ढकाल, बर्दिवास छन्द चौतारी अध्यक्ष अग्नि कवच, मिथिला साहित्य प्रतिष्ठान संयोजक विपिराज दहाल, राजर्षि वाङमय प्रतिष्ठान अध्यक्ष तोयाराज घिमिरे, पौडेल साहित्य प्रतिष्ठान उपाध्यक्ष दिनेश गरीब पौडेल, बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका सल्लाहकार समितिका संयोजक मदन प्रभात, प्रलेस प्रदेश नम्बर २ का अध्यक्ष पार्थसारथि हुनुहुन्थ्यो ।

वीरलाल गोलेद्वारा लिखित ‘मेरो जीवन: मेरो ज्ञान’ पुस्तकमाथि साहित्य अनुरागीद्वय भीमकुमार राउत र नारायण घिमिरेले चर्चा परिचर्चा गर्नु भएको थियो । टिप्पणी गर्दै उहाँहरूले लेखकको प्रतिभा, जाँगर अझै निरन्तर चलिरहने विश्वास समेत व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा प्रलेस महोत्तरीका उपाध्यक्ष जमुना पोखरेल र पौडेल साहित्य प्रतिष्ठान प्रदेश नम्बर २ का अध्यक्ष जनकप्रसाद पौडेलको पनि उपस्थिति थियो ।

उक्त शृङ्खलामा विभिन्न लयका कविता, गीत, गजल र हाइकु प्रस्तुत भएका थिए । रचना वाचन गर्ने स्रष्टाहरुमा जेनिशा थापा, नवल किशोर महतो, अग्नि कवच, दशक बलम्पाकी, मनीष महतो, राम मिलन, दिनेश गरीब पौडेल, विमला बलम्पाकी, विजय कालीकोटे, रमा शर्मा ढकाल, विपिराज दहाल, पार्थसारथि, नानीराम दहाल (बन्चरो) र जीवनस्पर्शी हुनुहुन्थ्यो ।

शृङ्खला तथा पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि आदरणीय व्यक्तित्व तुलसी प्रसाद ढुंगानाले प्रतिष्ठानको शृङ्खलाले निरन्तरता पाओस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो भने कृतिकार वीरलाल गोलेद्वारा लिखित पुस्तकले सम्पूर्ण पाठकको मन छुने विस्वासका साथै बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रम समापन गर्दै सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको २८ औँ शृङ्खला तथा सर्जक वीरलाल गोलेद्वारा लिखित ‘मेरो जीवन: मेरो ज्ञान’ पुस्तक विमोचन कार्यक्रममा उपस्थिति सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै वीरलाल गोलेज्यूको कृतिले राष्ट्रिय स्तर ग्रहण गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुका साथै कार्यक्रमको लागि हल उपलब्ध गराइदिनु हुने साहित्यिक व्यक्तित्व तथा गौरीशंकर होटलका सञ्चालक नारायण घिमिरेलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545