Techie IT
शनिबार, वैशाख ६,२०८२

एमालेको कात्तिक ९ गते स्थानीय तहका अधिवेशनबाट यस्ता बन्नेछ वडा र पालिका कमिटी


काठमाडौं । एमालेको कात्तिक ६ गते एकैपटक हुन लागेका वडा कमिटी अधिवेशन र कात्तिक ९ गते निर्धारित स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने एमालेका पदाधिकारी र सदस्यको अधिकतम संख्या टुंगो लागेको छ ।

कात्तिक ९ गते हुने गाउँपालिका र नगरपालिका अधिवेशनबाट ५ जना पदाधिकारीसहित ७५ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । उपमहानगरपालिका कमिटी ८५ सदस्यीय र महानगरपालिका कमिटी १०१ सदस्यीय हुने छ । वडा र स्थानीय तहका पदाधिकारी ५ जना हुनेछन् । जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपपसचिव निर्वाचित हुनेछन् । डा र स्थानीय तहका पदाधिकारी ५ जना हुनेछन् । जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपपसचिव निर्वाचित हुनेछन् ।

त्यस्तै गाउँपालिका र नगरपालिकाका वडा कमिटीको अधिकतम आकार ३१ सदस्यीय हुनेछन भने उपमहानगरपालिकाका वडाहरुमा ४१ र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी चयन हुनेछन् ।

वडा कमिटी अधिवेशनहरुको निर्वाचन विधि लगायतका अन्य विषयमा तत्कालै सर्कुलर पठाइने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले बताए । वडा र स्थानीय तहका अधिकतम अधिवेशनस्थललाई जुममा जोडेर अध्यक्ष ओलीले भर्चुअल रुपमा एकैपटक उद्घाटन गर्ने तयारी एमालेको छ ।

आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलसहितका नेताहरु बसेर विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनका लागि पठाउँदै संख्याको पनि टुंगो लगाइएको हो ।

 

 


क्याटेगोरी : राजनीति
ट्याग : ##एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545