क्षमायार्चना :
आज मिति : २०७८ भाद्र २८ गते हाम्रो यस साझापाना अनलाइन संस्करणमा “मुख्यालयको निर्देशन बिपरित बर्दीमै टिकटक बनाउने यी हुन् शक्तिशाली प्रहरी” बिषयक समाचार असावधनीवश प्रकाशित हुन गएकोले हामी क्षमाप्रार्थी छौँ ।
हाम्रो उद्देश्य कसैले कसैलाई बदनाम गराउने, चरीत्र हत्या गर्ने तथा कसैलाई पनि तल देखाउने होइनन् र हुँदैन पनि । यसैक्रम्मा, हामीलाइ एक बिश्वस्त प्रहरी स्रोतले निज आरोपित प्रहरी हवल्दार सुरेन्द्र साह तेलीले प्रहरी आचारसंहिता बिपरित सामाजिक सञ्जालको दुरुपयोग गरेको भनी सूचना दिएपछि निजको सूचना लाइ नै प्राथमिकतामा राखी त्यस्को अध्ययन समेत नगरी हामीले समाचार सम्प्रेषण गरेका थियौं ।
निजले उपलब्ध गराएको भिडियो प्रमाण तथा फोटोको आधारमा हामीले उक्त समाचार सम्प्रेषण गर्यौं, पछि निज हवल्दारको टिकटक आइडीको अध्ययन गर्ने क्रममा हामीले त्यस्तो केही फेला पारेनौं । सूचना दिने ब्यक्ति संगै बुझ्ने क्रममा उक्त भिडियो डेढ बर्ष अघिकै रहेको र रिसइबीको आधारमा उक्त सूचना दिइएको कुरा जानकारीमा आयो । अरुलाइ बदनाम गराउने उद्देश्यले कसैले पनि हामीलाई पुरानो फोटो तथा भिडियो पठाइ कसैको पनि अस्तित्वमाथि नखेलिदिनुहुन हामी / हाम्रा सबै पाठकसमक्ष अनुरोध गर्दछौं ।
अब उत्प्रान्त खबर संकलनको बिषयमा हामी अझै गम्भीर भई त्यस्को अध्ययन गरी बिश्वसनियतामा लागी सम्प्रेषण गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौँ । साथै, असावधनीवश प्रकाशित हुन गएको उक्त समाचार तत्कालै अनलाइन संस्करणबाट समेत हटाइएको छ । यसबाट सम्बन्धि निकायमा पर्न गएको असुविधा प्रति यस अनलाइन क्षमाप्रार्थी छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्