प्रतिबन्धित बिष्फोटजन्य पदार्थ (पटका) बिक्री गरेको आरोपमा एक जना पक्राउ

चितवन । चितवनमा प्रतिबन्धित बिष्फोटकजन्य पदार्थ (पटका) बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भारत देश पुर्वी चम्पारण मोतिहारी जिल्ला प्रताप मठिया घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित चनौलीमा डेरा लिई बसोबास गर्दै आएका २९ बर्षिया बिकास साहलाइ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका साहले पटका बिक्रीबितरण गरिरहेको भन्ने सुचनाको आधारमा खटिएको खटिएको प्रहरीको टोलीले उनको कोठामा खानतलासी गर्दा प्रतिबन्धित सानो पटका २०४४ पिस, रकेट पटका १०० पिस, झुरझुरे पटका १०० पिस र ठुलो खुर्सानी पटका २ प्याकेट फेला परेको थियो ।
पक्राउ परेका साह विरुद्ध बिष्फोटजन्य पदार्थ सम्बन्धी मुद्धामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्