Techie IT
शनिबार, वैशाख ६,२०८२

झोर फुटवल : साविक वडा नं ३ र १ फाइनलमा


राजाराम अधिकारी

झोर काठमाडौं । साविक झोर गाँउ बिकाश समितिको वडा स्तरीय फुटवल खेल आज सेमी फाइनलमा पुगेको छ । आज सावीक वडा नं १ र ८ बिच रोमान्चक खेल भएको छ ।

सो खेल  पेनान्टी मार्फत साविक वडा नं १ का खेलाडी आशिष अधिकारीको निर्णायक १ गोलले खेल ४–५ गोलमा सकिएको थियो ।

त्यस्तै आजको अर्को साविक वडा नं २ र ३ बिचको खेलमा वडा नं ३ले वडा नं २ बिरुद्ध मोहन डंगोलले  १ गोल गरेका छन ।।  खेल ०–१ मै सिमत भएको थियो ।

टोखा नगरपालिकाको सहयोग तथा राधाकृष्ण युवा क्लवको आयोजनामा टोखाको भूत खेल चौरमा रोमान्चक खेलको फाइनल साविक वडा नं ३ र १ बिच हुने छ । फाइनल खेल दशैंपछि हुने बताइएको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545