चितवनमा प्रचण्ड त्याग्ने क्रम बढ्यो, एमाले प्रवेश गरे माअोवादीका चार दर्जन नेता-कार्यकर्ता

चितवन, असोज २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवार मोहमा फस्नुका साथै प्रतिक्रियावादी कित्तामा पुगेको ठहरसहित चितवनका चार दर्जन बढी प्रभावशाली नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । जनता झुक्याउन माहिर प्रचण्डसँगको मोह टुटेपछि नेकपा माओवादीका जिल्ला नेताहरु एकपछि अर्को गर्दै एमाले प्रवेश गर्न थालेका हुन ।
यही क्रममा आज मात्रै राप्ती नगरपालिकामा माओवादीका प्रभावशाली नेताहरु एमाले प्रवेश गरेका छन । सो नगरपालिकामा आज आयोजित कार्यक्रममा माओवादीसहित विभिन्न पार्टी परित्याग गरी ४५ जना नेता कार्यकार्ता एमालेमा प्रवेश गरेका छन् । एमाले पार्टी प्रवेश गर्नेहरुमा नेकपा माओवादी क्रान्तिकारी, नेकपा माओवादी केन्द्रका नेता, वाईसिएल, एकिकृत समाजवादीका वडा सदस्यहरु, नेपाली कांग्रेसका कार्यकर्ता रहेका छन् ।
नेकपा एमाले राप्ती नगरपालिका–२ वडा कमिटिले आयोजना गरेको कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् । नेकपा माओवादी क्रान्तिकारीका नेता शिवराज कँडेल, राप्ती–२ वाईसिएल सह–इन्चार्ज सागर चाम्लिङ राई, एकिकृत समाजवादीको युवा संघ अध्यक्ष यहुन्ना स्यानतान, नेकपा माओवादी केन्द्र राप्ती–२ वडा सदस्य राजन घिमिरे र सुरज विश्वकर्मा, समाजवादीका वडा सदस्यहरु पुकार राई, पवन राई, प्रसुन राई, कांग्रेस प्रतिनिधी रमा उप्रेती बन्जरा हुनुहुन्छ ।
उनीहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं प्रदेशका पूर्वमन्त्री दावा लामाले टिका लगाएर पार्टीमा स्वागत गर्नुभयो । नवप्रवेसीहरुलाई नेताद्वयसँगै वडा कमिटी अध्यक्ष दुर्गा बहादुर सारु, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यहरु इमानसिंह लामा, गोविन्द कँडेल, प्रभा बराल, श्यामलाल विश्वकर्मा, राप्ती–२ वडाध्यक्ष श्यामसुन्दर उप्रेती, युवा नेता कमल पाठक, महिला नेतृहरु पुष्पा कुँवर, दिलकुमारी थिंङ, आईतीमाया दराई, युवा नेता निर्देशन त्रिपाठीलगायतको स्वागत गर्नुभएको छ ।





क्याटेगोरी : समाचार
ट्याग : #एमाले प्रवेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्