किसान महासघं तारकेश्वरको अध्यक्षमा चमरेल , २५ सदस्यीय नगर समिति चयन

काठमाडौ । अखिल नेपाल किसान महासघंले तारकेश्वर नगरपालिकामा नगर कमिटि गठन गरेको छ । तारकेश्वरमा भव्य कार्यक्रमका विच अखिल नेपाल किसान महासघ गठन भएको हो । भेलाले अध्यक्ष अशोक कुमार चमरेल , सचीव सरोज खतिवडा ,कोसाध्यक्ष चन्द्रा कुमारी श्रेष्ठ सहित २५ सदस्यीय नगर समिति चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी तारकेश्वर नगर प्रमुख रामेश्वर बोहरा, विशेष अतिथि उप मेयर भवानी डोटेल ,अखिल नेपाल किसान महासंघ उपत्यका संयोजक कृष्ण अधिकारी ,प्रद्रेश कमिटि सदस्य लेखनाथ फुँयाल , क्षेत्रीय अध्यक्ष बिश्वनाथ लामिछाने , एमाले तारकेश्वर नगर कमिटिका अध्यक्ष बासु गौतम , नेता सिताराम रेग्मी , किसान महासंघ जिल्ला अध्यक्ष बलराम धिताल लगायतका नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।
सोही कार्यक्रममा कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्दे बजारीकरण गर्ने शैली परिवर्तन गर्नुपर्नेमा कृषकहरुले जोड दिएका छन् । अखिल नेपाल किसान महासंघ तारकेश्वरको नगरस्तरीय भेलामा सहभागीहरुले कृषि उत्पादनको बजारीकरण गर्दै किसानले लागत मूल्य पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #किसान महासघंले तारकेश्वर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्