Techie IT
सोमबार, वैशाख ८,२०८२

झोरका किसानहरुलाई मिनि टिलर बितरण


काठमाडौं । टोखा नगरपालिका झोरका किसानहरुलाई ९ वटा मिनिटिलर तथा २ वटा पावर ट्रेलर बितरण गरिएको छ ।

कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उद्धेश्यले कृषक तथा समुहलाई ५० प्रतिशत अनुदानमा औजार बितरण गरिएको वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।

टोखा नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा १ नं वडा भित्रका भित्रका ११ जना किसानलाई मिनिटिलर बितरण गरीएको छ । परम्परागत खेतिलाई आधुनिक खेतिमा रुपान्तरण गर्दै बिकास गर्न उपकरणहरु बितरण गरीएको नगर प्रमुख प्रकाश अधिकारीले बताए ।

टोखाकै कृषिको हव रहेको वडा नं १ लाई कृषि क्षेत्रको समग्र बिकाशका लागी नगरपालिकाले बिभिन्न कार्यक्रम गर्दे आएको नगर प्रमुख अधिकारीले बताए ।

 

 


क्याटेगोरी : स्थानीय
ट्याग : #झोरका किसान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545