अर्जुन बाबुले ल्याए ‘जय जय राधे’

– जीवनराज दाहाल (बर्दिवास)
लामो समयदेखि शास्त्रीय सङ्गीतको क्षेत्रमा क्रियाशिल बर्दिवास महोत्तरी निवासी अर्जुन बाबु लामाले आफ्नो भजन गीत “जय जय राधे” को अडियो भिडियो भर्खरै मात्र आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
विष्णु देवको शब्द रहेको उक्त भजनलाई अर्जुन बाबुले नै स्वर र सङ्गीत भरेका हुन् । अर्जुनलाई कोरसमा गंगा खतिवडा, अम्बिका राउत ‘बुनु’, सरला थापा, इन्दिरा गिरी, उषा निरौला, अचल ब. केसी, करन मुखियाले साथ दिएका छन् । शशी बिक्रम थापाको निर्देशनमा बनेको उक्त भिडियोमा अर्जुन बाबु, बालकलाकार आवाज थापा, कृष्मा खड्का, इशु दाहाल लगायत एकदर्जन जति कलाकारले अभिनय गरेका छन् ।
सङ्गीतका धेरै प्रशिक्षकहरू जन्माइरहेका अर्जुनले आफ्नो सङ्गीतको यात्रा भने चण्डी काफ्लेबाट सुरु गरेका थिए । पहिलेपनि तामाङ गीत, आधुनिक गीत र गजल गीत आफ्नो स्वरमा रेकर्ड गराइसकेका लामा आफ्नो जीवनको अन्तिम अवस्था सम्मपनि शास्त्रीय सङ्गीतमै आफूलाई समर्पित गर्न चाहन्छन् । शास्त्रीय सङ्गीतसँगै अध्यात्मिक जीवन रुचाउने लामा एक कुशल समाजसेवी पनि हुन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्