Techie IT
सोमबार, वैशाख ८,२०८२

टोखा कांग्रेस नगर सभापतिमा दिपकराज जोशीको चर्चा


काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिबेशन अन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै तारकेश्वरमा अब नगर अधिवेशनको सरगर्मि सुरु भएको छ ।

अशोज ९ गतेका दिन नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकको नेतृत्व चुन्ने गरी अधिवेशनको मिति तोकिएको छ । अधिवेशनबाट नेतृत्व लिन टोखा नगरपालिकाका आकांक्षीहरूमध्ये एक जना बलियो र लोकप्रिय आकांक्षी दिपकराज जोशी पनि एक हुन ।

नेपाली कांग्रेस टोखाको सभापतिमा दावी गरेका जोशी स्थानिय स्तरमा बौद्धीक युवाका रुपमा लोकप्रिय छन । कांग्रेस राजनीतीमा सक्रीय जोशी टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष समेत हुन ।

बिगतका स्थानिय , प्रदेश र संघीय चुनावमा प्रभावकारी भूमीका बारे कांग्रेस बृतमा उनको चर्चा छ ।

टोखाभित्र काग्रेसलाई बलियो र सुदृढीकरण गर्ने योजनाका साथ अवको स्थानिय चुनावमा कांग्रेसलाई स्थापित गर्नु प्रमुख उद्देश्य राखेका जोशी कुनै अमूख गुट वा पक्षको भन्दापनि कांग्रेसको तर्फबाट नगर सभापतिमा दावी गरेको बताउछन ।


क्याटेगोरी : स्थानीय
ट्याग : #दिपकराज जोशी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545