Techie IT
आईतबार, वैशाख ७,२०८२

सङ्खुवासभा काङ्ग्रेस : प्रदेश “क” काे सभापतिमा राई सर्वसम्मत हुने, घलेले छाडे

प्रदेश ख मा क्षेत्रीय सभापतिमा दीपेन्द्रमान शाक्य सर्वसम्मत हुने,


सङ्खुवासभा काङ्ग्रेसकाे प्रदेश क काे सभापति पदमा देउमान राई सर्वसम्मत हुने भएका छन् ।
मङ्गलबार विहान नेताहरू बीच भएकाे छलफल पछि अर्का सभापतिका उम्मेदवार टकमान घलेले उम्मेदवारी नदिने भएका हुन् । सभापति दिपनकुमार श्रेष्ठ, पूर्व राज्यमन्त्री दिपक खड्का र क्षेत्रीय सभापतिका आकांक्षी टकमान घलेवीच भएको सहमति पछि घलेले उम्मेदवारी फिर्ता लिएका छन्।
सभापति दिपनकुमार श्रेष्ठको पहलमा मंगलबार विहान तीन नेतावीच छलफल भएको थियो । सभापति श्रेष्ठको निवासमा पत्रकारहरूसग बोल्दै श्रेष्ठले बलियो काग्रेस बनाउन भएको यो सहमति ऐतिहासिक भएको बताउनु भएको छ । उहाले अब सबै तहमा सर्वसम्मत चयन हुने प्रयत्न भइरहेको जानकारी दिनुभएको छ ।  पूर्वराज्यमन्त्री खड्काले जुनसुकै परिस्थितिमा पार्टीलाइ एक ढिक्का बनाएर लैजानुको विकल्प नरहेको बताउनु भएको छ । खड्काले सवै नेता कार्यकर्ताको भावनाको सम्मान गरि मिलेर  अघि बढ्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । क्षेत्रीय सभापतिका प्रत्याशी टकमान घले जिल्ला समितिमा सचिव हुने भएका छन् । घलेले पार्टीलाई गुटबन्दि हुन नदिइ सबै बाट एक हुनु पर्नेमा जोड दिएका छन् ।
उता प्रदेश ख मा क्षेत्रीय सभापतिमा दीपेन्द्रमान शाक्य सर्वसम्मत हुने देखिएको छ । यसैगरि संखुवासभाको जिल्ला कार्यसमिति चयन पनि सर्वसम्मत ढंगबाट हुने संभावना बढेको सभापति श्रेष्ठको आकलन छ  । अहिलेसम्म जिल्ला सभापतिमा दिपक खड्का र मुक्तिसिंह राईको मात्र घोषणा यथावत छ । दिपनकुमार श्रेष्ठ र रामकुमार जिमि ले सभापतिको उम्मेदवारीबाट नाम फिर्ता लिइसकेका छन् ।

क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545