Techie IT
आईतबार, वैशाख ७,२०८२

नारायणगढको खाजा घरभित्र यौनधन्दा सञ्चालन : तीन जना पक्राउ


चितवन । चितवन प्रहरीले मानव बेचबिखनको मुद्दामा संलग्न रहेको आरोपमा ३ जनालाइ पक्राउ गरी बुधबार  सार्वजनिक गरेको छ ।

नारायणगढको लायन्स चोकस्थित बिकास खाजा घरमा दुइ महिलालाई राखी यौन धन्दा गराउने कार्य भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले होटल सञ्चालक धादिङ थाक्रे गाउँपालिका–३ बस्ने ४२ वर्षीय बिकाश भन्ने भोजबहादुर तामाङ र उनकी श्रीमती ३४ वर्षीय बिपना तामाङलाइ पक्राउ गरी सार्वजनिक गरिएको हो ।

त्यस्तै, बारा जिल्लाको बारागढी गाउँपालिका वर्डा नम्बर ६ सिहसनी बस्ने २८ वर्षीया राजेश चौधरीलाइ समेत प्रहरीले पक्राउ गरेको छ । उनी ग्राहक बनेर त्यहाँ पुगेका थिए । उनीहरुलाइ आइतबार जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले रितपुर्वक छापा मारी पक्राउ गरी दुइ जना किशोरीलाई समेत उद्वार गरिएको बताइएको छ ।

खाजा घरका संचालकद्वयले किशोरीहरुलाई लुगा धुने, खाना पकाउने तथा सरसफाई लगायतको काम दिन्छु भनी राखिएको र बिभिन्न आर्थिक प्रलोभन तथा दबाबमा पारी खाजा घरमा आउने ग्राहकहरुसँग यौनकार्यमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।

(एसपी) अधिकारीका अनुसार पक्राउ परेकाहरुउपर सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जनाइएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545