Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवनको खैरहनीबाट नगद एक लाख ४४ हजार रुपैयाँ सहित ८ जुवाडे पक्राउ


चितवन । चितवन प्रहरीले नगद एक लाख ४४ हजार १७० रुपैयाँसहित ८ जना जुवाडेलाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खैरहनी नगरपालिका ८ लक्ष्मीनगरका ४१ वर्षीय कृष्ण श्रेष्ठ, खैरहनी नगरपालिका ६ पुरानो पर्साका ४४ वर्षीय नवीन बस्नेत, खैरहनी नगरपालिका ८ का ४१ वर्षीय विष्णु सुनार, राप्ती नगरपालिका ६ भण्डाराका ३९ वर्षीय सुदिप गिरी, सोही ठाउँका २८ वर्षीय दिपेश बर्तौला, ३६ वर्षीय चुडामणी थपलिया, राप्ती नगरपालिका ४ डडुवाका ६८ वर्षीय केशव प्रसाद तिमिल्सिना र राप्ती नगरपालिका ५ भण्डाराका ३५ वर्षीय सुदन धरेल रहेका छन् ।

खैरहनी नगरपालिका ८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरमा तास तथा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले उनीहरुलाइ हिजो (मंगलबार) अपराह्न तास खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेकाहरू उपर जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545