तारकेश्वर एमाले बैठक : प्रशिक्षण कार्यक्रममा अनिवार्य उपस्थीतीका लागी आब्हान
पुकार तिमलसिना
तारकेश्वर काठमाडौ । नेकपा एमाले तारकेश्वर नगर कमिटिको बैठक सम्पन्न भएको छ । आइतबार नगर कमिटिको कार्यालय जरंखुमा बसेको बैठकले संगठीत सदस्य नविकरण तथा नँया सदस्य थप , बिभिन्न जनसंगठनहरुको गठन र्पुनगठन , पार्टी संगठन सृदीढीकरण तथा सवलीकरण लगायतका बिभिन्न बिषयमा छलफल भएको छ ।
एमाले तारकेश्वर नगर कमिटिका अध्यक्ष बासु गौतमको अध्यक्षतामा सम्पन्न भएको बेठकमा प्रदेश स्थायी कमिटिका सदस्य किरण शर्मा , काठमाडौ जिल्ला सचिवालय सदस्य लेखनाथ फुँयाल , जिल्ला कमिटि सदस्य तथा क्षेत्रीय संयोजक बिश्वनाथ लामिछाने जिल्ला कमिटि सदस्य हरि शरण तिमिल्सिना , मेयर रामेश्वर बोहोरा , उपमेयर भवानी डोटेल तथा नगर कमिटि सदस्यहरुको बाक्लो उपस्थीती रहेको थियो ।
बैठकको संचालन नगर कमिटिका सचिव राजु तिमिलिसनाले गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा नगर तथा शाखा कमिटिलाई अनिवार्य उपस्थीतीका लागी आब्हान :
सोही बैठकले एमाले पार्टी केन्द्रिय कमिटिको अपानी १२ को निर्देशन अनुसार भाद्र ३१ गते बिहिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने प्रशिक्षण कार्यक्रममा अनिवार्य उपस्थीती हुन आब्हान गरेको छ ।
बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म संचालन हुने सो कार्यक्रममा नगर कमिटिका सबै पदाधिकारहिरु , वडा कमिटिहरुका अध्यक्ष र सचिव , निर्वाचित सबै जनप्रतिनिधिहरु तथा जनसंगठनहरुका नगर कमिटिका प्रमुखहरुलाई अनिवार्य उपस्थीती हुन आब्हान गरेको छ ।
सो कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीले समसामयिक परिस्थीती र अवको राजनैतिक कार्यदिशा ,महासचिव ईश्वर पोखरेलले संगठन निमार्ण र कर्याकर्ताको दायीत्व , मुख्यमन्त्रि अष्टलक्ष्मी शाक्यले सुदृढ एमाले र आजको आवश्यकता र रामबहादुर थापाबाट कम्युनिष्ट आन्दोलनको मूल प्रवाह बिषयमा प्रशिक्षण हुने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले तारकेश्वर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्