संसार अनलाइन सिंङ्गिङ स्टार अवार्ड प्राप्ती र अश्विनलाई

काठमाडौं । संसार क्रियशन आयोजना र संसार अनलाइन टिभीको प्रस्तुतीमा सञ्चालन गरिएको संसार अनलाइन सिंङ्गिङ स्टार अवार्ड २०२०÷२१ प्राप्ती तामाङ र अश्विन प्रधानले पाएका छन् । शनिबार काठमाडौंमा आयोजना गरिएको प्रतिष्पर्धामा १६ वर्षमुनिको तर्फबाट गायनमा काभ्रेकी प्राप्ती तामाङ प्रथम भएकी छिन् । त्यस्तै काठमाडौंमा रितु श्रेष्ठ द्धितीय र भक्तपुरकी झरना खनाल तृतीय भएकी छिन् । प्रथम, द्धितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपिँयासहित ट्रफी पुरस्कार पाएका छन् । उनीहरुले शनिबार आफ्नो गायकी प्रस्तुत गरेका थिए ।
त्यस्तै खुल्लातर्फ इलामका अश्विन प्रधान प्रथम, ललितपुर अमोघा बीर वज्राचार्य दोस्रो र आश्रय रञ्जित तेस्रो भएका थिए । खुल्लातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार , १५ हजार रुपिँया र १० हजार रुपिँयासहित ट्रफी पाएका छन् । निर्णायक तथा कार्यक्रममा उपस्थित अतिथिहरुले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए । गत वर्षबाट अनलाइन विधिबाट सहभागी भएका ७ सय ४० जना प्रतियोगीमध्ये १७ जना छनौट भएका थिए । प्रतियोगितामा सहभागी अन्यलाई पनि विविध प्रस्तुतीको लागि ट्रफी प्रदान गरिएको थियो । बाहिरी देशमा बस्ने १९ देशका नेपालीले पनि प्रतिष्पर्धामा भाग लिएका थिए । कार्यक्रमकी प्रमुख अतिथि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बालबालिकाको क्षमता विस्तार गर्ने यस प्रकारका कार्यक्रमले प्रतियोगीमा उत्साह प्रदान गर्ने बताइन् ।
गत वर्षबाट सुरु भएको कोरोनाका कारण मानिसको जनजीवन अस्तव्यस्त भएको बेला भएको यस किसिमको प्रतिष्पर्धाले मानिसमा निराशा कम गर्ने पनि जनाइन् । उनले गीत, संगीत र कलाको आफू पारखी भए पनि यसबारे आफू पोख्त नभएको स्पष्ट पारिन् । संसार अनलाइन टिभीका अध्यक्ष स्वतन्त्र महर्जनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिने बताए । उनले कोरोना संक्रमणकालमा मानिसमा छाएको अन्यौलता र दिक्दारीलाई थोरै भए पनि कम गर्न पनि कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्