Techie IT
आईतबार, वैशाख ७,२०८२

संखुवासभा सामूहिक हत्याकाण्ड : पाँच दिनसम्म प्रहरीसँगै थिए हत्यारा

हत्याका आरोपितलाई चैनपुर ल्याइयो- हत्यारालाई आइतबार सार्वजनिक गरिने


गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका १ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो ।

परिवार नै सखाप हुने गरी भएको सो हत्याकाण्डको अनुसन्धानको लागि नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालन भयो । अनुसन्धानको ५ दिन सम्म सामूहिक हत्यामा संलग्न हत्यारालाई प्रहरीले पत्ता लगान सकेको थिएन ।

हत्यारा भने अनुसन्धानमा खटेका प्रहरीहरूलाई नै उल्टै अनुसन्धानमा सघाई रहेको जस्तो भूमिका खेलेर प्रहरीहरूको समूहसँगै घुलमिल थिए । उनी थिए मृतक तेजबहादुर कार्कीका नजिकैका छिमेकी २५ वर्षीय लोकबहादुर कार्की । शुक्रवार अनुसन्धान टोलीले लोकबहादुरलाई नियन्त्रणमा लियो । उनलाई सुरु देखिनै प्रहरीले शङ्काको घेरामा राखेको थियो ।

तर दह्रो सबुद फेला नपरेको कारण उनलाई समयमै पक्राउ भने प्रहरीले गरेन । अन्तिममा आएर प्रहरीसँगै रहेका लोकबहादुर कार्की पक्राउ परे । उनलाई अहिले चैनपुर स्थित इलाका प्रहरी कार्यालय लगिँदै गरेको घटना घटेको दिन देखि घटना स्थलमा पुगेर अनुसन्धान गरी रहेका सङ्घीय इकाई प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए ।

एउटा परिवारको पुरै वंश सखाप हुने गरी भएको सामूहिक हत्याकाण्डले सबैको ध्यान तानेको थियो । यो क्रममा घटनास्थलमा पुगेका सञ्चारकर्मीहरूलाई समेत उनै लोकबहादुर कार्कीले सहजीकरण समेत गर्ने गर्दथे ।

घटना घटेको दिन मृतक तेजबहादुर कार्कीलाई पहिलो पटक उनैले देखेर हल्ला खल्ला गरेका थिए । अन्ततः तीनै लोकबहादुर कार्की सामूहिक हत्याकाण्डको दोषी बने ।

एसपी दाहालका अनुसार मृतक तेजबहादुर कार्कीका साइनोमा भतिजो हुन् । मृतकको घर देखि करिब १५० मिटरको दुरीमा हत्यारा कार्कीको घर पर्दछ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरूलाई पनि मार्न बाध्य भएको भनेका छन् ।

कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ ।

सङ्खुवासभाको  मादी  नगरपालिका–१ स्थित तेजबहादुर कार्की सहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा गत सोमबार बिहान शव फेला परेको थियो ।

५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

पक्राउ परेका कार्कीलाई भोलि आइतबार चैनपुरमा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गर्ने जनाएको छ ।

सामूहिक हत्याको अनुसन्धानमा सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको नेतृत्वमा विशेष प्रहरी टोली, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रदेश प्रहरीको रिट टोली, सङ्खुवासभा प्रहरी र प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी पनि घटना स्थलमै अनुसन्धानमा खटेका थिए ।

मादी हत्याका आरोपितलाई चैनपुर ल्याइयो

सोमबार बिहान ६ जनाको सामुहिक हत्या गरिएको संखुवासभाको मादि हत्या काण्डका आरोपितलाई इलाका प्रहरी कार्यालय चैनपुर ल्याएको छ । हत्याका आरोपित लोक बहादुर कार्कीलाई प्रहरीले चैनपुर ल्याएको हो । प्रहरीको लामो अनुसन्धानपछी हत्यामा संलग्न रहेको खुलेपछी प्रहरीले कार्कीलाई पक्राउ गरेको थियो ।

हत्याको विषयमा भोली (आईतबार) चैनपुर ईलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएस्पी लालध्वज सुवेदीले जानकारी दिए ।

घटना पछि अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डिएसपी लालध्वज सुवेदीको टोलीले अनुसन्धान गर्दै आएको थियो ।

भदौ २१ गते सोमबार बिहान मादी नगरपालिका १ खोला गाउँका कार्की परिवारको ६ जनाको हत्या भएको थियो । घरमा रहेका ७ जना मध्ये ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल भेटिएका थिए । घटनामा बौद्धमानका छोरा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी श्रीमती ८० वर्षीया पार्वती कार्की, बुहारी ५६ वर्षीया मनमाया (कमला) कार्की, नातिनी बुहारी २८ वर्षीया रञ्जना कार्की, पनाती १० वर्षीय दिपेन कार्की र पनातीनी ५ वर्षीया गोमा कार्की मृत अवस्थामा भेटिएको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #breaking, #hot, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545