संखुवासभा हत्या प्रकरण: घट्नाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घट्नाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।
जिल्लाको मादी नगरपालिका-१ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको जानकारी दिए ।
घटना संलग्न नउम्किउन् भनेर प्रहरीले सतर्कता अपनाएको छ । घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
‘घटनाको जानकारी प्राप्त भएलगत्तै एसपी साबको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ,’ प्रहरी प्रवक्ता राईले भने, तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको सुक्ष्म अनुसन्धान हुनेछ।’ घटनामा संलग्न र घटनाको वास्तविकता चाडै बाहिर ल्याउने उनको भनाई छ ।
प्रहरीका अनुसार ६ जनालाई धारिलो हतियारले हानेर हत्या गरेको पाइएको छ । परिवारका केही सदस्यको घर भित्र र केहीको शव घर बाहिर फेला परेको छ । परिवारका एक जना वृद्ध सदस्य भने जोगिएको प्रहरीले बताएको छ । उनी घाइते छन् । उनी आँखा पनि नदेख्ने र कामपनि नसुन्ने अवस्थाका रहेको बताइएको छ ।
५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो। ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
यसैगरी जिल्लाको प्रहरीको टोलीपनि घटना स्थलतर्फ गएको छ घर। घटना भएको घर गाउँको एकान्तमा रहेको बताइएको छ ।
अनलाईन खबरबाट साभार
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्