(एसपी) अधिकारीको सफलता : एटुजेड मोबाईल हाउसमा चोरी गर्ने दुइ जना पक्राउ

चितवन । पुर्वी चितवनको टाँडी बजारमा रहेको एटुजेड मोबाईल हाउसभित्र भएको चोरी प्रकरणमा संलग्न दुइ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गत, भाद्र १२ गते बिहान पौने दुइ वजेको समयमा मोबाईल हाउसभित्र प्रवेश गरी चोरी गर्ने १६ बर्षका एक (नाबालक) सहित मकवानपुर राक्सिराङ गाउँपालिका वडा नंम्बर ४ घर भई हाल पुर्वी चितवनको खैरहनी नगरपालिका १ ज्यामिरे बस्ने २२ बर्षिया कृष्ण तामाङलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
चितवनका प्रहरी प्रमुख समेत रहेका (एसपी) ओम प्रसाद अधिकारीका अनुसार मोबाइल हाउसमा चोरी भएको भन्ने सूचना प्राप्त भएलगत्तै अनुसन्धानमा जुटेको प्रहरीको टोलीले हिजो (बिहीबार) दिउँसो १ बजेको समयमा खैरहनी नगरपालिका वडा नंम्बर २ सिमलघारीबाट पक्राउ गर्न सफल भएको जनाइएको छ ।
हामीले चोरी भएको सूचना पाएपछि नै घट्नाको बिषयमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका थियौं । (एसपी) अधिकारीले भने, शंकास्पद वडा एरियाहरू तथा आपराधिक पृष्ठभूमीका व्यक्तिहरूको निगरानी गरी खोजतलास गर्ने क्रममा उनीहरुलाइ पक्राउ गर्न सफल भएका हौँ । प्रहरीको कडा मिहेनतका बाबजुद उनीहरु लाइ चोरी भएको मोबाईल तथा घडी सहित पक्राउ गर्न प्रहरी सफल भएको जनाईएको छ ।
प्रहरीले उनीहरुको साथबाट चोरी भएका विभिन्न कम्पनीको १९ थान मोबाईल सहित, १२ थान डमी मोबाइल, एक थान ल्यापटप तथा ४ थान घडी समेत बरामद गरेको छ । चोरले तीनतल्ले भवनको भुईं तल्लामा रहेको सटरको ताल्चा रडले फोडी पसलमा बिक्री प्रयोजनको लागि राखिएको छ लाख तेत्तिस हजार मूल्य बराबरको बिभिन्न कम्पनीको मोबाइल, ल्याप्टप तथा घडीहरू चोरी गरेर लगेका थिए ।
चोरीको आरोपमा पक्राउ परेका उनीहरुमाथि आरोप प्रमाणित भएमा मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २० दफा २४१ उपदफा १, २ बमोजिम कसुर तथा मुलुकी अपराध संहिता, ०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिम ३ वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना सजाय हुने व्यवस्था रहेको छ ।
प्रहरीले बरामद गरेको सामानहरू :-
Real Mi कम्पनीको मोवाईल थान – १
VIVO कम्पनीको मोवाईल थान – ५
Itel कम्पनीको मोवाईल थान – १
OPPO कम्पनीको मोवाईल थान – २
Red mi कम्पनीको मोवाईल थान – ३
Infinix कम्पनीको मोबाईल थान – २
One plus कम्पनीको मोबाईल थान – २
Poco कम्पनीको मोबाईल थान – २
Imars कम्पनीको मोबाईल थान – १
LENOVO कम्पनीको ल्यापटप थान – १
विभिन्न कम्पनीको घडी थान – ४
महिलाले प्रयोग गर्ने रातो रंगको साईकल थान १ (चोरी गर्ने कार्यमा प्रयोग भएको)
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्