चितवनमा रातको समयमा चोरी गर्दै हिंड्ने एक जना पक्राउ
चितवन । चितवनमा रातको समयमा चोरी गर्दै हिंड्ने एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरले रातको समयमा मानिसहरु सुतिरहेको मौका पारी घरभित्र प्रवेश गरी नगद तथा सुनका गरगहनाहरु चोरी गरेको आरोपमा राप्ती नगरपालिका वडा नम्बर १२ धाङवाङ गैरी घर भई हाल रत्ननगर नगरपालिका वडा नम्बर ०९ स्थित जानकीटोल बस्ने बर्ष २८ को केशब प्रजालाई पक्राउ गरेर आज (सोमबार) सार्वजनिक गरेको हो ।
रत्ननगर नगरपालिका र कालिका नगरपालिका अन्तर्गत बिभिन्न ७ (सात) स्थानमा भएको चोरीका घट्नाका सम्बन्धमा प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गर्ने क्रममा प्रजालाई हिजो (आइतबार) दिउँसो निजको अस्थायी डेरा/ कोठाबाट नगद आठ लाख उनान्सय हजार नौ सय एकसठ्ठी रुपैयाँ तथा चोरी गर्न प्रयोग गरेका विभिन्न औजार सामाग्री सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टाँडी चितवनका प्रहरी प्रमुख (डिएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए । प्रजालाइ प्रहरी निरीक्षक प्रकाश शाह ठकुरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका प्रजा विरुद्ध चोरी सम्बन्धी कसूर मुद्धामा आज (सोमबार) सम्मानित चितवन जिल्ला अदालतवाट दस दिनको म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको टाँडी प्रहरी स्रोतले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्