Techie IT
बुधबार, माघ २३,२०८१

जसपा विवादको रिटमा महन्थलाई सर्वोच्चको ‘रेड सिग्नल’


काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमाथि पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश राउतको इजलासले पुरानो मुद्दासँगै लगाउमा राख्न भनेको हो । साथै अदालतले जसपा अध्यक्ष उपेन्द्र यादवसहित अन्य विपक्षीलाई लिखित जवाफसहित उपस्थित हुन भनेको छ ।

ठाकुरले दायर गरेको रिटमा साउन १० गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्‍यो। सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि निर्वाचन आयोगले साउन ११ गते जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत गरी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने फैसला सुनाएको थियो।

निर्वाचन आयोगको फैसलापछि ठाकुरले साउन १५ गते सर्वोच्चमा पुन: अर्को रिट दायर गरे। साउन १५ गते (शुक्रबार) दर्ता भएपछि साउन १७ गते (आइतबार) र साउन १८ गते (सोमबार) सुनुवाइका लागि पेसी तोकिए पनि हेर्न नभ्याइने हुँदै पेसी सरेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जसपा विवाद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:46 am5:48 pm +0545