Techie IT
आईतबार, वैशाख ७,२०८२

बागमती प्रदेशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालय चितवन छनौट


चितवन । जिल्ला प्रहरी कार्यालय चितवन बागमती प्रदेशकै अब्बल प्रहरी कार्यालय बन्न सफल भएको छ । हिजो (मंगलबार) बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक गरेको प्रतिवेदनका क्रममा चितवन प्रहरी कार्य सम्पादनमा बागमती प्रदेशकै अब्बल भएको ठहरसहित पहिलो स्थान हासिल गर्न सफल भएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआइजी) प्रकाश जंग कार्कीका अनुसार काठमाडौं उपत्यका बाहेक विभिन्न दस जिल्लामा गरिएको कार्यसम्पादन मुल्यांकनका क्रममा असार महिनामा जिल्ला प्रहरी कार्यालय चितवनले प्रथम स्थान हासिल गर्न सफल भएको बताए ।

बागमती प्रदेश अन्तर्गत रहेका सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरुबाट सम्पादित कार्यहरुको तोकिएको सुचाँकको आधारमा हामीले यसरी नतिजा प्रकाशीत गरेका हौं । उनलेे भने, प्रदेश प्रहरी कार्यालयले अपराध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षाको अवस्था, सामाजिक उत्तरदायित्व र कार्यालय प्रमुखको व्यवहारका आधारमा प्रदेशबाट खटिएको टोलीले प्रदेश अन्तर्गतका प्रहरी कार्यालयको मूल्यांकनपछि निर्णय गरिएको बताए ।

अहिले चितवन प्रहरीको नेतृत्व (एसपी) ओम प्रसाद अधिकारीले गरिरहेका छन् । (एसपी) अधिकारी सरुवा भई चितवन आएपछि चितवन प्रहरीको सक्रिय भुमिका देखिएको थियो । अपराध हुनै नदिने यदी भइहाले अपराधी पक्राउ गरेर कानुनी कठघरामा उभ्याइहाल्ने गतिविधि गर्दै आइरहेका (एसपी) अधिकारी एउटा सफल अनुसन्धानकर्मीको रूपमा समेत चिनिन्छन् । उनी जिल्लामा सरुवा भएर आएपछि छोटो समयमै सयौं फरार प्रतिवादीलाइ पक्राउ गरी सम्मानित चितवन जिल्ला अदालतमा बुझाउन सफल भएका थिए ।

त्यसको अलावा राष्ट्रब्यापी रूपमा चर्चाको बिषय बनेको राप्ती नगरपालिका ३ की सुजिता भण्डारी रहस्यमय मृत्यु प्रकरण १ महिना नबित्दै गहिरो अनुसन्धान गर्न उनी सफल भयो भने, नेपाली सेनाले सेनालाई नै गोली हानी हत्या गरेको घटनाको समेत २४ घण्टा नबित्दै सफल अनुसन्धान गर्दै अपराधीलाइ कानुनी कठघरामा उभ्याउन सफल भए । केही दिन अघि मात्रै यी दुइ ठुला अपराध चितवनमा घटेका थिए ।

यता, जिल्ला प्रहरी कार्यालय चितवनले तोकिएको जिम्मेवारीमा उच्च ब्यवसायिकता प्रदर्शन गर्दै लगनशिल भई त्रुटीरहित ढंगले परिणाममुखी कार्य सम्पादन गर्दै चितवनलाइ पहिलो स्थानमा पुर्‍याउन सहयोग गर्ने जिल्ला तथा मातहतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरेको छ । आगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा गरिएको प्रहरीले जनाएको छ । साथै, सम्पादित कार्यको मुल्याङकन गर्दा जिल्ला प्रहरी कार्यालय चितवनलाई प्रथम स्थानमा छनौट गर्नु भएकोमा बागमती प्रदेश प्रहरी कार्यालय तथा प्रहरी नायव महानिरीक्षक प्रति समेत आभार ब्यक्त गरेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545