Techie IT
आईतबार, वैशाख ७,२०८२

बैंकिङ कसुरको मुद्दामा फरार अधिकारी पक्राउ


चितवन । बैंकिङ कसुरको मुद्दामा ६ महिना देखि फरार रहदै आएका पुर्वी चितवनको खैरहनी नगरपालिकाका एक जनालाइ चितवन प्रहरीले आज (मंगलबार) बिहान पक्राउ गरेको छ ।

सम्मानित उच्च अदालत पाटन हेटौंडाको गत, माघ ३ गतेको फैसलाले ‘बैकिङ कसुरको मुद्दामा ‘७ दिन कैद र दुई लाख रुपैयाँ’ जरीवाना फैसला सुनाई फरार रहदै आएका खैरहनी नगरपालिका वर्डा नम्बर ५ बस्ने ३५ बर्षीया अनिल अधिकारीलाई आज (मंगलबार) बिहान पौने दस बजेको समयमा खैरहनी नगरपालिकाबाटै प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

प्रहरीका अनुसार बैंकिङ कसुरमा फरार रहदै आएका अधिकारीलाई चितवन जिल्लामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरीले निगरानी बढाउँदै आएको र सोही क्रममा खोजतलासमा जुटेको प्रहरीले खैरहनीबाट पक्राउ गरेको बताइएको छ । पक्राउ परेका उनीमाथि थप आवश्यक कार्वाहीका लागी सम्मानित चितवन जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले बैकिङ कसुरकै मुद्दामा फरार रहदै आएका झापाको दमक तथा भरतपुर महानगरपालिका ११ बस्ने एक/एक जनालाई चितवनबाटै पक्राउ गर्न सफल भईसकेको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545