चितवन प्रहरीको ठूलो सफलता : गुरुङको हत्यामा संलग्न ढकाल २४ घण्टा नबित्दै पक्राउ

चितवन । चितवनको भरतपुर महानगरपालिका १७ मा सैनिक भरत गुरुङको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो (बिहीबार) बिहान साँढे ८ बजेको समयमा धादिङ निलकण्ठ १३ घर भई दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत हुद्दा ३६ बर्षीया गुरुङको हत्यामा उनकैको साथी भरतपुर महानगरपालिका २१ का २६ बर्षीया गंगाधर ढकाल रहेको प्रहरीले जनाएको छ ।
मानसिंह चोक नजीक सिमलडाँडामा गोली हानी हत्या गरिएका भनिएका गुरुङको हत्यारा ढकाल समेत दि फेमस महिन्द्र दल गण शिवपुरीमै कार्यरत सिपाही हुन् । उनलाई हिजो दिउँसो भरतपुर महानगरपालिका २० स्थित चनौलीबाट पक्राउ गरिएको बताए । प्रहरीको सुक्ष्म अनुसन्धानले ढकाललाई घट्ना घटेको २४ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको बताइएको छ ।
घट्नाक्रमको नालीबेली यस्तो :
साउन २ गते मृतक भरतले काठमाडौंबाट ग्लोबल बैंकको खाली चेक लिएर आएपछि हत्यामा संलग्न गंगाधार ढकालले साउन ३ गते उक्त रकम मध्य १ लाख रुपैयाँ आफूले राखेर, श्रीमतीलाई ६ लाख रुपैयाँ र बुबालाई २ लाख रुपैयाँ दिएका थिए । लगत्तै साउन ५ गते मृतक गुरुङले जग्गा पास गर्न चितवन आउनुपर्ने भएकोले ढकालले गुरुङलाइ लिन काठमाडौं पुगेका थिए ।
सोही दिन दिउँसो मोटरसाइकलमा चढेर गंगाधर संगै आएका गुरुङ चितवन आएर होटलमा बसेका थिए । साउन ६ गते गुरुङले बोकेर आएको झोला भरतपुर १९ स्थित शारदानगर टाउनमा रहेको मृतकको माइलो बाबाको छोरा रबिन गुरुङलाई झोला दिइ ढकाल र गुरुङ मोटरसाइकलमा संगै बसेर बजार गएकोमा सोही दिनको राती खाजा खुवाउने बहानामा अत्याधिक मदिरा सेवन गराई बजार घुमाएकोमा हिजो बिहान ५ बजेको समयमा घट्नास्थलमा पुर्याई शौचालय जाने बहानामा मोटरसाइकलबाट झरेर गंगाधरले भरतलाई दायाँ कानबाट गोली हानेर हत्या गरेर कुलोमा फालेर फरार भएको अनुसन्धानका क्रममा खुलेको छ ।
हत्यामा संलग्न ढकालले आफुले लगाएको जुत्ता, कपडा र मोटरसाइकलमा लागेको रगत पखालेको प्रहरीको निस्कर्ष छ । उनलेे हत्यामा प्रयोग गरिएको एसएमजी बन्दुक भरतपुर ८ स्थित गरुवा कामक्ष मन्दिर नजीकबाट बरामद गरिएको थियो भने मोटरसाइकल भरतपुर महानगरपालिका १० बालमन्दिर रोडमा रहेको हुन्डाई कार स्वरुममा छाडी काकाको छोराले प्रयोग गर्ने मोटरसाइकल लिएर भागेकोमा भरतपुर २७ स्थित चनौलीबाट पक्राउ गर्न सफल भएको (एसपी) अधिकारीले बताए ।
कानुनी ब्यस्थामा अपराध ठहर भएमा पक्राउ परेका ढकाललाइ मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धि कसुर अन्तर्गत दफा १७७ मा जन्मकैद हुने छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्