Techie IT
बुधबार, माघ २३,२०८१

अष्ट्रेलियाबाट खाँदबारी नगरपालिकालाई स्वास्थ सामाग्री सहयोग


संखुवासभा, खाँदबारी  — अष्ट्रेलियामा अध्यनरत खाँदबारी १ निवासी युवाहरुबाट खाँदबारी नगरपालिकालाई १ लाख ७६ हजार बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।

          गत शुक्रबार एक कार्यक्रम बीच अष्ट्रेलियामा अध्यनरत खाँदबारी १ का युवाहरुले पठाएको स्वास्थ्य सामग्रीहरु खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडा, कार्यकारी अधिकृत शेखरबाबु कार्की र नगर स्वास्थ्य प्रमुख दिलिप श्रेष्ठलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।

अष्ट्रेलियामा अध्यनरत युवाहरुको प्रतिनिधीको रुपमा खाँदबारी नगरपालिका १ नम्बर वडाका अध्यक्ष निरन्जन श्रेष्ठ मार्फत नगरपालिकालाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । सामानहरु ग्लोब्स १५ कार्टुन लगायत सेनिटाइजर, र सर्जिकल माक्सहरु रहेको थियो ।

          खाँदबारी नगरपालिकाका मेयर खतिवडाले बिदेशमा अध्यनरत रहेर पनि भावनात्मक रुपमा आफ्नो गाउँठाउँको माया र स्नेहका कारणले नगरलाई अस्पताल विकास समितिका सदस्य सरोज बज्राचार्यले विदेशमा रहेर पनि भावनात्मक रुपमा आफ्नो गाउँठाउँको मायाँ र स्नेहका कारणले सहयोग पठाएको भन्दै अष्ट्रेलियामा अध्यनरत खाँदबारी १ का युवाहरुलाई धन्यबाद दिनुभयो ।

          जन्मथलो खाँदबारी भई हाल कर्मथलोको रुपमा अष्ट्रेलियामा अध्ययनको सिलसिलामा पुगेका १ नम्बर वडाका युवाहरुले रकम संकलन गरेर यो कोभिड १९ को महामारी र संक्रमणदर बढि रहेको समयमा आफ्नो गाउँठाऊँमा केही सहयोग गर्ने उद्धेश्यले स्वास्थ्य सामग्री पठाएको खाँदबारी १ हाल अष्ट्रेलिया निवासी पर्शुराम पाठकले बताउनुभयो ।

रकम सहयोग गर्नुहुने अष्ट्रेलियामा अध्यनरत खाँदबारी नगरपालिका १ नम्बर वडाका युवाहरुको नामावली ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #खाँदबारी नगरपालिका, #संखुवासभा



तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:46 am5:49 pm +0545