Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले नेता भीम रावलले दिए सांसदबाट राजीनामा


साउन । नेकपा एमालेका उपाध्यक्ष तथा माधव नेपाल पक्षका भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल पक्षको निर्णयबाट असन्तुष्ट बनेका उनले आइतबार राजीनामा दिएका हुन् ।

रावलले आफूले लामो राजनीतिक जीवन बिताएको तथा नेपाल र नेपालीका निम्ती कार्य गरेको बताए । तर आफूले पछिल्लो राजनीतिक घटनाक्रममा खासगरी पार्टीका नेतृत्वहरुबाट भएको भूमिकाले आफूलाई निराश तुल्याएको उनले बताएका छन् ।

काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने स्थिति आएपछि उनले राजीनामा घोषणा गरेका छन् ।

पछिल्लो समय पार्टीको विवाद समाधानका लागि रावलले नेतृत्वदायी भूमिका खेलेका थिए ।

कार्यदलका नेपाल पक्षका संयोजक समेत रहेका रावलले आइतबार बिहान विश्वासको मत दिनेबारे पार्टीबाट संस्थागत निर्णय गराउन गरेको प्रस्ताव नेता नेपालले अस्वीकार गरेका थिए ।

एमाले विभाजन गर्न उद्यत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति देउवाले मिलेर आजै देउवाले विश्वासको मत लिने भएका हुन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भीम रावल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545