Techie IT
आईतबार, वैशाख ७,२०८२

साउन १० गतेसम्म निषेधाज्ञा थपियो


काठमाण्डौ ,असार । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । बैठकले जारी निषेधाज्ञा साउन १० गते सम्म थप गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले  जानकारी दिएका छन  ।

लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने भएका छन् । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाई सकिएको छ । यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।

गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीबार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निषेधाज्ञा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545