Techie IT
सोमबार, वैशाख ८,२०८२

खाँणलाई गृहमन्त्री र कार्कीलाई कानुनमन्त्री बनाउने कांग्रेसको तयारी

माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बन्ने


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सो पार्टीबाट तत्काल दुई जना मन्त्री बन्ने भएका छन्।

कांग्रेसका अनुसार गृहमन्त्री बालकृष्ण खाँण तथा ज्ञानेन्द्र बहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने बुझिएको छ। देउवासँगै खाँण र कार्कीले सपथ खाने बुझिएको छ।

खाँण कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन्। देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा सुरु हुँदैछ। प्रधानमन्त्री पछि मन्त्रीले सपथ गर्ने छन्। देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेका छन्।

यस्तै सत्ता साझेदार नेकपा माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा जनार्दन शर्मा तथा ऊर्जा मन्त्रीमा पम्फा भुषालले सपथ लिने सो पार्टीले जनाएको छ। खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् भने कार्की उर्जा तथा जलस्रोत मन्त्री भइसकेका छन्।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545