Techie IT
बुधबार, माघ २३,२०८१

चैनपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित


संखुवासभाको चैनपुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

नगरसभाको आठौ अधिवेशनले केही संशोधनसहित बजेट सर्वसम्मतिले पारित गरेको हो । असार १० गते बसेको नगरसभामा मेयर भरत खत्रीले चैनपुर नगरपालिकाको आर्थिक विधेयक, २०७८’ पेस गर्नुभएको थियो । सोही बैठकमा उपप्रमुख मुना श्रेष्ठले बजेट पेस गर्नुभएको थियो । उँहाले ६१ करोड ९१ लाख ८६ हजार रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोर–मैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्धन, विद्युतीय शासनमार्फत् सुशासन प्रवर्धन, उद्यमशिलता प्रवर्धन जस्ता उद्देश्य हासिल गर्ने लक्ष्यसहित प्रस्तुत बजेट संशोधनसहित पारित भएको मेयर खत्रीले जानकारी दिनुभयो ।

प्रमुख खत्रीले कोरोना संक्रमण नियन्त्रण गर्न विशेष प्राथमिकतामा राखिएको बताउनुभयो । कोभिड–१९ लक्षित कार्यक्रममा संक्रमणको सम्भावना भएका व्यक्तिहरुको परीक्षणका लागि आवश्यक औषधि तथा उपकरण र परामर्शदाताहरुसहितको मोबाइल क्लिनिक चलाउने, वडाहरुमा सञ्चालित होम क्वारेन्टाइनलाई व्यवस्थित गराउने भन्ने रहेको छ ।

सहरी सौन्दर्यतालाई व्यवस्थीत गर्ने, बस्ती विकास र अधुरा योजनालाई पनि प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याउने छ । आर्थिक उपार्जनमा आत्मनिर्भर, चैनपुर आसपासका क्षेत्रमा अरुण नदीबाट पानी लिफ्टिङ्ग सिस्टमबाट ल्याईने जस्ता योजना अघि सारिएको छ ।।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #चैनपुर नगरपालिका, #बजेट, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:46 am5:48 pm +0545