Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले विवाद : सहमतिको खाका तयार


काठमाडौं, २६ असार । सहमति नजिक पुगेको भनिएको नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले आज सहमतिको खाका तयार पार्ने भएको छ ।

सहमतिका लागि आज बस्ने कार्यदल बैठकले सो खाका तयार पार्ने बताइएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा हिजो शुक्रबार बसेको कार्यदलको बैठकमा दुई समूहबीच सहमति जुटेको बताइएको छ । सोही सहमतिलाई आज अन्तिम रुप दिने कार्यदलका सदस्य तथा पार्टी प्रवक्ता समेत रहेका प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

शुक्रबार छलफलका लागि समय अभाव भएकाले बाँकी रहेका विषय आज टुंगोमा पुग्ने र सहमतिको खाका बनाइने कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिएका छन् ।

आज कार्यदलस्तरमा सहमति भए लगत्तै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जानकारी गराइने छ । दुबै नेताको हस्ताक्षरसहित सहमतिपत्र सार्वजनिक गर्ने कार्यदलको तयारी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले विवाद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545