पहिरो खसेपछि कोसी राजमार्ग अन्तर्गत संखुवासभाको माम्लिङ-पिलुवा खोला सडक अवरुद्ध

कोसी राजमार्ग अन्तर्गत संखुवासभाको माम्लिङ-पिलुवा खोला सडकमा ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सोमबार धर्मदेवी नगरपालिकाको छुमाङ भीरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।
एकसाता लामो झरीपछि गएको पहिरोले सडकमा ठूल्ठूला ढुंगासहितको माटो खसेको डिभिजन प्रमुख गौतमकुमार श्रेष्ठले बताउनुभयो । उक्त सडक खण्डमा यातायातका साधन एकतर्फी खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उँहाका अनुसार ढुंगा खसेको सडक भन्दा केही तल बाक्लो गाउँ भएकाले हटाउन समस्या भइरहेको छ । पहिरो हटाउन प्रहरी र सशस्त्र प्रहरी खटाइएको प्रजिअ पौडेलले बताउनुभयो ।
यस्तै, पहिरोले खाँदबारी किमाथांका सडक अन्तर्गत मकालु गाउँपालिकाको दोभान खण्डमा पनि पहिरोले सडक अवरुद्ध पारेको छ । दोभानबाट हेदांनातर्फ जाने सडकमा पहिरो खसेको हो ।
त्यस्तै सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट एक घर पुरिएको छ । आइतबार राति अविरल वर्षासँगै आएको पहिरोले घरमा क्षति पुग्नुका साथै ८० वर्षीय छत्तीसकुमार राई घाइते भएको वडाध्यक्ष अलक्षकुमार राईले जानकारी दिनुभयो ।
आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिरोले उक्त घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पहिरोबाट छत्तीसकुमारकी श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले बताउनुभयो । त्यस क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #hot, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्