चितवनको राप्तीमा युवतीको शव सडेको अवस्थामा फेला, सुजिताको शव हुन सक्ने आशंका, प्रहरीको अनुसन्धान सुरु

चितवन । चितवनमा एक युवतीको शव फेला परेको छ । केही दिन अघि अपहरणमा परेकी भनिएकी राप्ती नगरपालिका वर्डा नम्बर ३ की २२ बर्षीया सुजिता भण्डारीको शव सडेगलेको अवस्थामा राप्ती नगरपालिका वडा नंम्बर ३ स्थित धमिलीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा फेला परेको हो । उनको शवलाई परिवारले पुष्टि गरेका हुन् ।
मृतकको शव सडेको अवस्थामा
जंगलमा च्याउन टिप्न गएका स्थानीयहरुले शवलाइ देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सडेगलेको अवस्थामा फेला परेको बताइएको छ । वनको विचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको थियो । सामुदायिक वनमा शव फेला परेको जानकारी पाएपछि प्रहरीको टोली घट्नास्थलमा गएको थियो ।
मृतक सुजिता भण्डारी
यही असार ११ गते (शुक्रबार) बिहान साथीको घरमा तरकारी किन्न जान्छु भनी गएकी सुजिताले दिउँसो सवा १२ बजे आफ्नी दिदीलाइ फोन गरी केही युवाहरुले आफुलाइ अपहरण गरेको र सौराहा लैजाँदै गरेको भनी खबर गरेपछि परिवारले उनको अपहरण भएको हुन सक्ने आशंका गरेका थिए ।
सुजिताको घरबाट तीन किलोमिटर धमिली र धमिली बाट आधा घन्टा पैदल हिँडेपछि घटनास्थलमा पुगिन्छ । शव घटनास्थलमै रहेको र पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय चितवनले भने राप्तीमा एक जना युवतीको शव फेला परेको भए पनि पहिचान भने भइनसकेको जनाएको छ । सुजिताको खोजीका लागि एक साता अघि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट समेत प्रहरीको टोलीलाइ परिचालन गरिएको थियो । यस बिषयमा चितवन प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्