Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवनमा १३ जुवाडे पक्राउ


चितवन । चितवन प्रहरीले नगद २ लाख ३२ हजार ६८० रुपैयाँँ सहित तेह्र जना जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नंम्बर २ क्षेत्रपुर स्थित सुगम पियाको घरमा नगद पैसाको हार जित हुने गरी जुवा (तास) खेलीरहेको भन्ने विशेष सुराकीको आधारमा खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको जनाईएको छ ।

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका २ बस्ने घर धनी सुगम पिया, सोही ठाउँ बस्ने रोशन खड्का, बिजय गुरुङ सुर्य बोहरा, मनिज कुमार र बद्रि बोहरा रहेका छन् । त्यस्तै, वर्डा नम्बर ३ बस्ने बिनोद खड्की, वर्डा नम्बर ७ बस्ने राम बहादुर मगर, वर्डा नम्बर ११ बस्ने पदम तामाङ, वर्डा नम्बर १२ बस्ने आषिस गुरुङ तथा गैंडाकोट ९ बस्ने नवराज क्षेत्रीलाइ समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई अहिले हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545