तारकेश्वर काँग्रेस : यी हुन नगर सभापतिका आकांक्षीहरु

काठमाडौं । नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनमा नेतृत्वको लागि नेताहरुको आ – आफ्नो कसरत जारी छ ।
कोरोना भाइरसको महामारीकै बीचमा महाधिवेशन गर्न तम्सिएको काँग्रेसभित्र गाँउ , नगर , जिल्ला हुँदै केन्द्रीय सभापतिमा आकांक्षी बीचको गुटगत कसरत बाक्लो छ ।
यसै बिच काँग्रेस तारकेश्वरलाई पनि महाधिवेशनको रनक लागेसंगै नेतृत्वको लागी दैडधुप जारी छ । तारकेश्वर काँग्रेस स्रोतका अनुसार नगर सभापतिका लागि मुख्यतया ४ जनाको आकांक्षा रहेको छ । जसमा बर्तमान सभापति श्रीराम थापा , वडा अध्यक्ष मनोहरि तिवारी , कृष्णहरि महर्जन र हरि तिमिल्सिनाले नगर सभापतिको दावी गरेको काँग्रेस स्रोतको भनाई छ ।
बर्तमान सभापति श्रीराम थापा र वडा अध्यक्ष मनोहरी तिवारीले मेयरको लागी तयारी हुने बताइएको छ । बिभिन्न संचार माध्यामहरु मार्फत आफूहरु मेयरको तयारी गरीरहेको बताएका छन ।
यसै गरी क्षेत्रीय कोषाध्यक्ष कृष्णहरि मर्हजनले पनि नगर सभापतिमा दावी गरेको काँग्रेस स्रोतको भनाई छ । मनमैजु निवासी मर्हजनले बिभिन्न समाज सेवामा सक्रिय रहदै आएका छन ।
नगर सभापतिमा धर्मस्थलीका हरि तिमिल्सिनाको पनि जोडदार दावी रहेको काँग्रेस स्रोतको भनाई छ । तिमिल्सिना मानव अधिकार संगै समाज सेवामा सक्रिय छन भने तारकेश्वर नगरपालिका भित्रका कमीकमजोरीलाई निरन्तर रुपमा सचेत गराउँदै आएका छन ।
तरुणदल काठमाडौं जिल्ला प्रतिनिधिका साथै बिभिन्न समितिमा रहेर सक्रियताका साथ काम गरेका तिमिल्सिना युवाहरुको माझ पनि उतीकै लोकप्रिय छन ।
नगर सभापतिमा अन्य नेताहरुको दावी हुनसक्ने भएपनि केही नेताहरु पर्ख र हेरको अवस्थामा रहेको बताइएको छ ।
काँग्रेसको नगर अधिवेसन आउँदो साउन १६ गते हुँदै छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #काँग्रेस तारकेश्वर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्