खाँदबारी नगरपालिकाद्वारा ६५ करोडको बजेट प्रस्तुत
भर्चुअल माध्यमबाट खाँदबारीको नगरसभा ( फोटो फिचर )
खाँदबारी नगरपालिकाको नवौ नगरसभाले आगामी आर्थिक वर्षका लागि ६५ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ । खाँदबारीका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम कोभिड १९ का कारण भर्चुअल माध्यमबाट सार्बजनिक गर्नुभयो ।
भर्चुअल माध्यमबाट गरिएको नवौँ नगरसभामा मेयर खतिवडाले आर्थिक वर्ष २०७८/०७९ लागि रु ६५ करोडको १५ लाख ७२ हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । कोरोना संक्रमणका कारण एकै ठाउँमा भेला हुने अवस्था नभएपछि भर्चुअल माध्यमबाट नगरसभा गर्नु परेको नगरप्रमुख खतिवडाले जानकारी दिनुभयो।
पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिबी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकूद लगायतलाई बजेटमा स्थान दिइएको छ । कृषि क्षेत्रमा थोपा सिचाई र लिफ्ट सिचाईलाई प्राथमिकता दिने, सुलभ मुल्यमा फलफुलका विरुवा वितरा गर्ने, उन्नत जातका पशुपालनका लागि श्रोत केन्द्र स्थापना गर्ने, व्यवसायिक खेतीलाई अनुदानको सहयोग गर्ने आदि योजना सार्वजनिक गरिएको छ ।
खाँदबारी नगरपालिकाको तुम्लिङ्टारबाट सेकाहा हुदै त्यहाँबाट प्याराग्लाईडिङ गरी चेवावेसी र चेवाबेसीबाट अरुण नदीमा र्याफ्टिङ गराउने लक्ष राखिएको छ । पर्यटकलाई मनोरञ्जन दिलाउन नीजि क्षेत्रसंग सहकार्य गर्ने, मनकामना धामको गुरुयोजना तयार गर्ने प्रमुख खतिवडाले बताउनुभयो ।
खाँदबारीले कोभिडको महामारीलाई ध्यानमा राखेर भर्चुवल बिधिको प्रयोग गरेर निति तथा कार्यक्रम ल्याएको हो । वडाध्यक्ष, सदस्य र कार्यपालिकाका सदस्यहरुले वडामै बसेर नगरको कार्यलयमा गरिएको निति तथा कार्यक्रममा सहभागी भएका थिए ।
संखुवासभाका अन्य ९ वटा स्थानीय तहले पनि बिहीबार निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नगरसभामा नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगर प्रमुख खतिवडाले आयतर्फ वित्तीय समानीकरणमा १७ करोड ८५ लाख, शसर्त अनुदानमा एकमुष्ट ३२ करोड रहेको बताउनुभयो । प्रदेशबाट समानीकरणमा १ करोड ६ लाख, प्रदेश राजश्व बाडफाडमा ९८ लाख र आन्तरिक आम्दानीबाट ५ करोड आय हुने अनुमान खाँदबारी नगरपालिकाले गरेको छ ।
क्याटेगोरी :
विशेष,
समाचार,
स्थानीय
ट्याग : #खाँदबारी नगरपालिका, #खाँदबारीको बजेट, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्