टोखा नगरपालिकाको १ अर्व ८९ करोड बजेट , डिजिटल नगरको अवधारा

काठमाडौं । टोखा नगरपालिकाको ९ औं नगरसभा सुरु भएको छ । आज भएको नगर सभामा नगर प्रमुख प्रकाश अधिकारीले आथिृक वर्ष २०७८/७९ का लागि १ अर्व ८९ ९४ लाख ७६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुखले वडागत रूपमा २ करोड ५० लाख बराबरको योजनामा रकम विनियोजन गर्ने बताउनुभएको छ ।
नगर सभामा स्वागत मन्तव्य राख्दै उपप्रमुख ज्ञानमाायाँ डंगोलले ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय समृद्ध टाृखा नगर निर्माणको लागि जनप्रतिनिधिहरु र कर्मचारीहरुको निरन्तर प्रयासबाट मात्र सम्भव भएको बताउनुभएको छ । स्थानीय सरकारको ४ वर्षे कार्यकाल सकिएर पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा जनताका अपेक्षाअनुसार काम गर्न कुनै कसुर नराख्ने बताउनुभयो ।
आर्थिक वर्ष २०७८/७९ मा प्रस्तुत भएका केही महत्वपूर्ण नयाँ कार्यक्रमहरु :
– टोखा नगर डिजिटल नगरको अवधाराणालाई आत्मसाथ गर्दै अनलाइनबाट राजश्व भुत्तानी प्रणाली, नक्सा पास, नगरस्तरीय योजनाको अनुगमन हुने भएको छ ।
– खुल्ला व्यायामशाला तथा एक वडा एक खेलमैदानलाई विस्तार गर्दै लैजाने ।
– जनता सुरक्षा कार्यक्रम अन्तर्गत सिसि क्यामेरा जडानलाई निरन्तरता दिइनेछ ।
– मेयर उज्यालो कार्यक्रमबाट सडक बत्ती राख्ने कामलाई निरन्तरता दिने ।
– कृषिमा “कृषि उत्पादनको मूल आधार, अनुसन्धान, शिक्षा र प्रसार”लाई अंगीकार गर्दै नगरपालिकाभित्र मौसमी तथा बेमौसमी तरकार र फलफुल खेतीलाई निरन्तरता दिइनेछ ।
– सहकारी अन्तर्गत “एक वडा एक सुपथ मूल्य सहकारी पसल” सञ्चालनका लागि कार्यविधी बनाएर कार्यान्वयनमा लगिनेछ ।
– उद्योग तथा वाणिज्य अन्तर्गत “उद्यमीको हात नगरको सदैव साथ”को नीति लिँदै उद्योग स्थापना र उद्योगीहरुलाई उद्योग सञ्चालन गर्न विशेष प्रोत्साहन गरिनेछ ।
– एकीकृत सीप विकास सम्बन्धी योजनाको प्रवद्र्धन गरिनेछ ।
– शिक्षामा मेयर दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– सबैको लागि गुणस्तरीय शिक्षा भन्ने नाराका साथ सम्भव भएसम्म एक वडा एक सामुदायिक विद्यालयको स्थापना गर्दै जाने नीति लिएको छ ।
– नगर भित्रका विद्यालयहरुका लागि वातावरणमैत्री र प्रविधियुक्त बनाउन पहल गरिनुका साथै “शैक्षिक गुणस्तर मापदण्ड” तयार गरी लागु गरिनेछ ।
– लैङ्गीक समानता र सामाजिक समावेशीकरण अन्तर्गत शुन्य सहनशिलताको नीति अवलम्वन गरिनेछ ।
– लैंगिक हिंसाबाट पीडित तथा प्रभावितहरुका लागि तत्काल स्थानीय उद्धार तथा राहत समितिलाई निरन्तरता दिइनेछ ।
– प्रदेश सरकारको सहयोगमा जेष्ठ नागरिक श्रोत केन्द्रको सम्भाव्यता अध्ययन गरी निर्माण गरिनेछ ।
– हाम्रो बालबालिका हाम्रो भविष्य भन्ने मुल्य मान्यतालाई आत्मसाथ गर्दै नगरलाई पूर्ण बालमैत्री नगर घोषणा गरिनेछ ।
– टोखा नगरपालिकाको सरोकार, महिलालाई अवसर र अधिकार भन्ने मूल्य मान्यतालाई अंगिकार गर्दै महिला समूह, समिति र संस्थामा आवद्ध महिलाहरुलाई उत्पादनमूलक व्यवसाय र स्वरोजगारको क्षेत्रमा परिचालन गर्ने नीति लिइनेछ ।
– युवा तथा खेलकुद कार्यक्रम अन्तर्गत “युवाको जाँगर समृद्ध नगर” भन्ने नारालाई आत्मसाथ गर्दै युवाहरुलाई परिचालित गर्दै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– मेयरकप खेलकुदको आयोजनालाई निरन्तरता दिइनेछ ।
– “हाम्रो युवा हाम्रो सान–एक वडा एक खेलकुद मैदान” निर्माणलाई निरन्तरता दिइनेछ । उपयुक्त स्थानमा खुल्ला व्यायामशाला निर्माण गरिनेछ ।
– स्वास्थ्यमा “मेयर स्वास्थ्य कार्यक्रम” सञ्चालन गरी निःशुल्क रक्तचाप, पिसाव र रगतको ग्लुकोज जाँच, स्तन क्यानसर र पाठेघरको मुखको क्यानसरको निशुल्क परिक्षण गरिनेछ ।
– महिला तथा सुत्केरीहरुको स्वास्थ्यलाई मध्यनजर गरी “महिलासँग उपमेयर” कार्यक्रम अन्तर्गत निःशुल्क क्याल्सियम तथा फोलिकएसिड चक्की र निशुल्क गर्भपरीक्षण सेवा उपलब्ध गर्ने कार्यलाई निरन्तरता दिइनेछ । गर्भवती तथा सुत्केरीलाई निशुल्क एम्वुलेन्स सेवा दिइनेछ ।
– शारीरिक र मानसिक स्वास्थ्यका लागि एक वडा एक योग–ध्यान केन्द्र तथा व्यायामशाला निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
– संसंकृति प्रवद्र्धन अन्तर्गत टोखा नगरपालिकाको वडा नं. २ र ३ को पुरानो बस्तीलाई घोषित “टोखा सांस्कृतिक संरक्षित क्षेत्र” को विकास र संरक्षण गरिनेछ ।
– ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगरको अभियानलाई सार्थक तुल्याउन नगरको इतिहास, मौलिक परम्परा, समेट्ने फोटोहरुसहितको पुस्तक प्रकाशन गरिनेछ ।
– वातावरण तथा सिवपद व्यवस्थापन अन्तर्गत “एक वडा एक विपद सुरक्षित स्थल” किटान गरी आवश्यक पूर्वाधारको विकास गरिनेछ ।
– अघिल्ले वर्षदेखि शुरु भएको एक वडा एक उद्यानको नीतिलाई साकार पारिनेछ ।
– एक घर दुई फलफुलको बिरुवा अभियानलाई निरन्तरता दिइनेछ ।
– घरभित्रको फोहोर घरभित्र नै व्यवस्थापन गर्न कम्पोष्ट मल बनाउन कम्पोष्टविन वितरण गरिनेछ ।
– संस्थागत विकास तथा सेवा प्रवाह अन्तर्गत “म भ्रष्टाचार हुन दिन्न, म नष्र र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु । भन्ने नारालाई आत्मसाथ गरिनेछ ।
– स्थानीय राजपत्र र नगर बुलेटिन प्रकाशनलाई नियमीत र व्यवस्थित गरिनेछ ।
– नागरिक सन्तुष्टि सर्भेक्षण गरिने व्यवस्थालाई नियमीत गरिनेछ ।
– सुरक्षा व्यवस्थापन अन्तर्गत जनता सुरक्षा कार्यक्रमलाई निरन्तरता दिई सुरक्षा साइरन जडानको लागि स्थानीय टोल विकास संस्थालाई परिचालन गरिनेछ ।
– वित्तिय व्यवस्थापन र सुशासनमा “मैले तिर्ने कर मेरै नगर विकासका लागि” भन्ने आमकरदातालाई महसुश हुने गरी सेवा प्रदान गरिनेछ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्