Techie IT
शनिबार, वैशाख ६,२०८२

पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण, ८१ जनाको मृत्यु


काठमाडौँ, ९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ हजार ४२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४२१ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख २६ हजार ३४३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० जना रहेको छ ।

२४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545