नागार्जुनका कृषकलाइ गाइ वितरण

काठमाडौं, असार ६। नागार्जुन नगरपालिकाले नगरपालिका भित्र रहेका गाइ पालक कृषक प्रवर्द्धन कार्यक्रम अन्तर्गत गाइ प्रदान गरेको छ। नगरपालिका भित्रव्यवसायिक रूपमा गाइ पालन गर्दै आएका किसानको प्रोत्साहनको लागि नगरपालिकाले लागत साझेदारीमा प्रदेश सरकार बाट प्राप्त २५ लाख र नगरपालिकाको तर्फ बाट रु रु २५ लाखबाट ५० वटा गाई टेन्डर मार्फत खरिद गरी किसानलाइ प्रदान गरेको हो ।
व्यवस्थित पशुपालन व्यवसाय खास गरी उन्नत गाईपालन बाट नगरबासी कृषकको आर्थीक उन्नती गर्ने अवसर तथा आम्दानीको प्रमुख श्रोत वन्न सक्ने हुँदा पहिला देखि नै गाइ पालनमा लागेका कृषकहरुलाई प्रोत्साहन गर्न नगरपालिकाले लागत साझेदारीमा गाइ प्रदान गरिएको उप प्रमुख सुशिला अधिकारीले कपन अनलाइनलाइ जानकारी गराइन। पहिलो दिन वडा नं ८ मा ११ वटा गाइ प्रदान गरिएको थियो भने हिजो वडा नं ७ मा ११ जना कृषकलाइ गाइ प्रदान गरिएको जानकारी दिदै अन्य वडाका कृषकलाइ आज र भोलि वितरण गर्ने कार्यक्रम रहेको पनि जानकारी गराइन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुनका कृषक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्