Techie IT
आईतबार, वैशाख ७,२०८२

नेपालटारमा २० वर्षीय जेनिशा श्रेष्ठको रहस्मय मृत्यु


काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ११ मा रहेको नेपालटारमा एक युवतीको रहस्मय मृत्यु भएको छ ।सुन्धारास्थित रोयल ग्यालेक्सी डाक्स बारमा काम गर्ने २० वर्षीय जेनिशा भनिने कोपिला श्रेष्ठको अाइतबार राति रहस्यमय मृत्यु भएको हो । महानगरिय प्रहरी वृत बालाजुले घटनामा संलग्न भएको आशंकामा प्रेमी सागर कार्कीलाई पक्राउ गरेको छ ।

उनलार्इ भोलि मंगलबार अदालतबाट म्याद थपेर थप अनुसन्धान गर्ने तयारी गरिएको बालाजुका डिएसपी चिरञ्जीवी कोइरालाले जानकारी दिए । उनका अनुसार डान्स बारमै चिनजान भएर नजिकिएका उनीहरु नियमित जसो भेटघाट गरिरहन्थे ।

प्रहरीलाई युवकले दिएको बयान अनुसार उनीहरुले दिनभर जेनिशाकै कोठामा मदिरा पिएर बसेका थिए । सागरका अनुसार उनी ट्वाइलेटमा गएको वेला जेनिशा सलले पासो लागेर झुण्डिएकी हुन । उनले अाफूले देख्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगेको र उनको त्यही मृत्यु भएको बताएका छन । कार्कीको बयानमा प्रहरी ढुक्क हुननसकेकाले हत्याको अाशंका गरिएको छ । प्रहरीले पोष्टमार्टम रिपोर्ट अाएपछि थप जानकारी हुने बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #रहस्मय मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545