खाँदबारी नगरपालिका ३ का कृषकलाई अनुदानमा आधुनिक हलो बितरण
सङ्खुवासभा- खाँदबारी नगरपालिकाको ३ न. वडाले कृषकलाई आधुनिक हलो वितरण गरेको छ।
परम्परागत कृषि पेसालाई व्यवसायिक र आधुनिकीकरण बनाउन ३ न. वडा मानेभञ्ज्याङले कृषकलाई १० वटा आधुनिक हलो (मिनीटिलर) उपलब्ध गराएको हो । ३ न. वडाले कृषकलाई अनुदानमा आधुनिक हलो वितरण गरेको ३ न. वडाको अध्यक्ष भरत कुमार घिमिरेले बताउनुभयो ।
श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । किसानले राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धि गर्दै बढी भन्दा बढी मात्रामा आर्थिक उपार्जन तर्फ लाग्न वडा अध्यक्ष घिमिरेले आग्रह गर्नुभयो ।
वडा भित्रका किसानलाई व्यवसायिक कृषि प्रणालीको शुरुवात गर्न ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराएको ३ न. वडाले जनाएको छ । प्रतिगोटा ५४ हजार ८ सय रुपैया मूल्य पर्ने मिनीटिलर वडाको ५० प्रतिशत अनुदानमा वितरण गरेको अध्यक्ष घिमिरेले बताउनुभयो ।
आधुनिक हलो पाएपछि गोरुलाई घाँसपात गर्ने समयको बचतले कृषि पेसामा सहज हुने खाँदबारी -३ का कृषक रुकमणि गुरुङले बताउनुभयो । पहिलो पटक खाँदबारी नगरपालिकामा वडाको आन्तरिक बजेट मार्फत अनुदानमा किसानलाई मिनिटिलर वितरण गरिएको हो ।
क्याटेगोरी : फोटो फिचर, समाचार, स्थानीय
ट्याग : #खाँदबारी नगरपालिका, #भरत कुमार धिमिरे, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्