कोरोना सङ्क्रमित हुनेभन्दा मुक्त हुने धेरै

२४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्या लगभग दोब्बर भएका छन् । सो अबधिमा तीन हजार ७५० सङ्क्रमित थपिएका थिए भने छ हजार २९५ ले सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार १८२ नमूना परीक्षण गरिएको थियो ।
तीमध्ये नौ हजार ५९८ पिसिआर बिधिबाट र पाँच हजार ५८४ एन्टिजेन बिधिबाट परीक्षण गरिएको थियो । नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६७ जनाको मृत्यु भएको छ । यो विवरणसहित हालसम्म कूल आठ हजार ३०५ जनाको कोरोनाका कारण दुःखद निधन भएको छ ।
मन्त्रालयका अनुसार कूकल छ लाख चार हजार ३९६ जनाको कोरोना पोजेटिभ देखिएको छ । यस्तै, पाँच लाख २० हजार ८१६ जना निको भएका छन । निको हुने दर ८६.२ प्रतिशत रहेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या १० हजार ५१ जना रहेको छ ।
कूल एक लाख ८६ हजार २०३ निको भएका छन् भने एक हजार ७५० जनाको निधन भएको छ । भक्तपुरमा दुई हजार ९४६ जना सक्रिय सङ्क्रमित रहेकामा १८ हजार ४२ निको भएका छन् । यस्तै, ३४९ को मृत्यु भएको छ ।
ललितपुरमा कूल तीन हजार ९९४ जना सक्रिय संक्रमित रहेकामा ३१ हजार ३१२ जना निको भएका छन् । यस्तै, ५०५ जनाको निधन भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना सङ्क्रमित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्