Techie IT
बिहीबार, माघ २४,२०८१

पाँचखपन नगरपालिकाले शुरु गर्यो राहत बितरण कार्यक्रम

पहिलो चरणमा ८१ परिवारले पाए राहत


संखुवासभाको पाँचखपन नगरपालिकामा राहत वितरण सुरु गरिएको छ । कोरोना भाइरसबाट प्रभावित तथा संक्रतिका परिवारलाई शनिबार देखि राहत वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ । आजै वडा नं. १ मा ८१ घर परिवारलाई राहत वितरण गरिएको १ नं. वडाका अध्यक्ष टेक बहादुर बुढाथोकीले बताउनुभयो ।

नगर भित्रका १ देखि ४ जनाको परिवारलाई एक बोरा चामल, २ किलो दाल, १ लिटर तेल र साबुन वितरण गरिएको छ  भने ५  देखि ७ जनाको परिवारलाई डेढ बोरा चामल, ३ किलो दाल, २ लिटर तेल र  साबुन वितरण गरिएको हो । त्यस्तै ८ जना भन्दा धेरै संख्या रहेको परिवारलाई २ बोरा चामल, ४ किलो दाल, ३ लिटर तेल र साबुन वितरण गरिएको अध्यक्ष बुढाथोकीले बताउनुभयो । आइतबार वडा नं. ६ का संक्रमित परिवारलाई राहत वितरण गरिने वडा नं. ६ का अध्यक्ष नरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।


क्याटेगोरी : tags, समाचार, स्थानीय
ट्याग : #पाचखपन नगरपालिका, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:49 pm +0545