बागमती प्रदेशसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशसभाको आज बसेको आठौँ अधिवेशन बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । शुक्रबार र शनिबार बसेको प्रदेशसभाको बैठकले नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षका सदस्यहरूले सरकारलाई मार्गदर्शकका रूपमा सुझावहरू प्रस्तुत गरी कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो ।
यसैगरी उक्त बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन गरिनुपर्छ भनि प्रदेशसभाका सदस्यहरू क्रमशः रमेश पौड्याल, नरोत्तम वैद्य, रजनी जोन्च्छे अमात्य, पुकार महर्जन, विजया केसी श्रेष्ठ, शोभा शाक्य, रत्नप्रसाद ढकाल, सीता अधिकारी र सुरेन्द्रराज गोरसाईले राख्नुभएको प्रस्तावहरू बहुमतले अस्वीकृत गरेको छ ।
सोही बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले राख्नुभएको समितिको तेस्रो वार्षिक प्रतिवेदन २०७८ र अर्थ तथा विकास समितिका जेष्ठ सदस्य आङदेण्डी लामाले समितिको तेस्रो वार्षिक प्रतिवेदन २०७८ प्रस्तुत गर्नुभएको थियो ।
बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ३ बजे बस्ने गरी बैठक स्थगित गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #बागमती प्रदेशसभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्