Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी


काठमाडौं उपत्यकामा जेठ ३१ पछि पनि एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच एक साता निषेधाज्ञा थप गरिने गृहकार्य भएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच निषेधाज्ञा थप गर्नेबारे गृहकार्य भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा केही खुकुलो पार्ने तयारी छ । ‘विकास निर्माणका कामलाई निरन्तरताका साथ प्राथमिकता दिइनेछ । बिहान ९ बजेसम्म खाद्यान्न पसल र तरकारी पसल खुल्दै आएका छन् । अब यसलाई केही फेरबदल गरी १० बजेसम्म खुलाउन दिइनेछ । यस विषयमा हामी निरन्तर गृहकार्यमा छौं’, उनले भने, ‘संक्रमणदरमा सुधार आए पनि मृत्युदरमा सुधार नआएको सरोकारवालाहरुको भनाइ छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निषेधाज्ञा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545